+
+
Shares

नरेन्द्र मोदीसँग प्रधानमन्त्री कार्कीको फोनवार्ता पर्सि

‘भोलि हाम्रोमा शोक बिदा दिइएको छ । सायद पर्सि बिहान साढे ११ बजे उनीहरूबीच फोनवार्ता हुनेछ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १५:२२

३१ भदौ, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आगामी बिहीबार बिहान साढे ११ बजेका लागि फोनवार्ता गर्ने गरी तयारी गरिएको छ ।

मंगलबार नै वार्ता हुने तयारी भएको भए पनि अन्तिम समयमा उनीहरूको वार्ता सरेको हो ।

‘भोलि हाम्रोमा शोक बिदा दिइएको छ । शायद पर्सि बिहान साढे ११ बजे उहाँहरूबीच फोनवार्ता हुनेछ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

गत भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनको बलमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

कार्की नेतृत्वको सरकार बनेपछि मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिइसकेका छन् । मोदीले गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महिला सशक्तीकरणको उदाहरण भएको समेत बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?