+
+
Shares

जेनजी आन्दोलनका शहीदको सम्झनामा युवा परिषद्‌द्वारा दीप प्रज्वलन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १८:३५

१ असोज, भक्तपर । राष्ट्रिय युवा परिषद्ले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा श्रद्धाञ्जली एवम् दीप प्रज्वलन गरेको छ । सरकारले राष्ट्रिय शोक घोषणा गरेका दिन सानोठिमीस्थित परिषद् कार्यालयको प्राङ्गणमा दिप प्रज्वलन गरिएको हो ।

श्रद्धाञ्जली कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्ताका युवाका चाहना र भावना अनुरुप अघि बढ्नसके मात्र  शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । ‘जेनजी आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति भावपुर्ण श्रध्दाञ्जली अर्पण गर्दै समस्त शोककुल परिवारजन र मनहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

बस्नेतले कलेज/स्कुल  पोशाकमा भएका कल्कलाउँदा युवालाई अन्धाधुन्ध गोली हान्ने र आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा लुटपाट मच्चाउनेलाई निष्पक्ष छानबिन गरी कडा कारबाही गर्नुपर्ने बताए । ‘पक्कै पनि आम युवाका अपेक्षामाथि हामीले न्याय गर्न सकेका छैनौं, युवाको अपेक्षा र हाम्रो सामर्थ्य एवम् मनोवृत्तिका विच ठुलो खाडल थियो र छ,’ उनले भने ।

बस्नेतले जेनजी आन्दोलनको जगमा केन्द्रबिन्दुमा आएका नेपाली युवाका आशा, सपना र सम्भावनामाथि यथोचित न्याय गर्न हरेकले  आआफ्नो ठाउँबाट प्रण गर्नुपर्ने जिकिर गरे। उनले भने, ‘सबै नयां भएर उठौं, सवै नयाँ भएर जुटौं ।’

भाद्र २४ गते युवा तथा खेलकुद मन्त्रालयमा आयोजित वैठकमा भाग लिने क्रममा आन्दोलन चर्किएपछि सिंहदवारमा नै राखिएका परिषदका दुवै गाडी काम नलाग्नेगरी जलेको परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?