News Summary
Generated by OK AI. Editorially reviewed.- एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तान र यूएईबीचको खेल एक घण्टा ढिलो गरी सुरु भएको छ।
- पाकिस्तान क्रिकेट बोर्डले म्याच रेफ्री क्रिस प्राइक्रफ्टलाई नियम विपरीत व्यवहार गरेको आरोप लगाएको छ।
- म्याच रेफ्रीले माफी मागेपछि पाकिस्तान टोलीले ढिला गरी खेलमा भाग लिएको थियो।
१ असोज, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तान र यूएईबीचको खेल एक घण्टा ढिलो गरी सुरु भएको छ । भारतसँगको खेलपछि उत्पन्न भएको म्याच रेफ्रीको विवादका कारण पाकिस्तान एसिया कप बीचमै छाड्नेसम्मको अवस्थामा पुगिसकेको थियो ।
भारत र पाकिस्तानबीच आइतबार भएको खेलपछि ‘ह्यान्डशेक’ सम्बन्धी विवाद चुलिएको थियो। खेलअघि टसमा र खेलपछि भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले म्याच रेफ्री क्रिस प्राइक्रफ्टलाई दोषी देखाएको थियो।
कप्तान सलमान आघाले विरोधस्वरूप खेलपछि हुने प्रेजेन्टेशनमा भाग लिएनन् भने प्रशिक्षक माइक हेसनले भने पत्रकार सम्मेलनमा उपस्थिति जनाएर आलोचना गरेका थिए ।
पीसीबीको दाबी अनुसार प्राइक्रफ्टले आघालाई ‘टसमा हात नमिलाउने’ भनेर पहिले नै भनेका थिए, जुन नियम विपरीत र खेलको आत्मासँग असंगत भएको उनीहरूको आरोप छ।
पीसीबीले आईसीसीका महाप्रबन्धक वासिम खानलाई पठाएको उजुरीमा प्राइक्रफ्टलाई बाँकी खेलहरूबाट हटाउन माग गरेको थियो र माग पूरा नभए पाकिस्तान प्रतियोगिताबाट बाहिरिने बताइएको थियो ।
आईसीसीले पाकिस्तानको प्रस्ताव स्वीकार गरेको थिएन । यद्यपी आजको खेलअघि म्याच रेफ्री पाइक्रफ्टले माफी मागेपछि अन्तत: पाकिस्तान खेल्न तयार भएको हो ।
त्यसकारण टस र खेल सुरु हुने समय एक घण्टा पछाडि सारिएको हो । स्थानीय समयअनुसार ६ बजे टस भएर ६:३० मा खेल सुरु हुनुपर्नेमा ७ बजे टस भएर ७:३० मा खेल सुरु भएको थियो ।
प्रतिक्रिया 4