News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलको चलचित्र 'द सी' ले ओफिर अवार्ड जितेको छ, जसले १२ वर्षे प्यालेस्टिनी बालकको कथा समेटेको छ।
 - संस्कृति मन्त्री मिकी जोहरले अवार्ड फन्डिङ रोक्न सक्ने चेतावनी दिएका छन् र छनोटलाई 'लाजमर्दो' भनेका छन्।
 - १३ वर्षका मोहम्मद गजावीले बेस्ट अभिनेता अवार्ड जितेका छन् र चलचित्रले राजनीतिक भौगोलिक अवरोधहरू देखाएको छ।
 
२ असोज, काठमाडौं । इजरायलका प्यालेस्टिनी कथा समेटिएको चलचित्रले अवार्ड जितेपछि सरकारी पक्षले धम्की दिन सुरु गरेका छन् ।
इजरायलका संस्कृति मन्त्री मिकी जोहरले देशको राष्ट्रिय फिल्म सम्मान अर्थात् ओफिर अवार्डका लागि हुने फन्डिङ रोक्न सक्ने चेतावनी दिएका हुन् ।
बीबीसीका अनुसार, यस वर्षको प्रमुख पुरस्कार फिल्म ‘द सी’ ले जितेको छ। यो फिल्म १२ वर्षको एक प्यालेस्टिनी बालकको कथामा आधारित छ।
फिल्ममा वेस्ट बैंकमा बस्ने सो बालकले पहिलो पटक समुद्र देख्नका लागि तेल अविभ जान चाहेको कथा प्रस्तुत गरिएको छ।
‘द सी’ ले बेस्ट फिल्मको ओफिर अवार्ड जितेको छ। इजरायलको यो अवार्डलाई ओस्करको समान ठानिन्छ।
यस जितपछि फिल्मले अर्को वर्ष ओस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीमा इजरायलको प्रतिनिधित्व गर्नेछ।
मन्त्री मिकी जोहरले अवार्ड छनोटलाई ‘लाजमर्दो’ र ‘इजरायलका नागरिकहरूप्रति अपमानजनक’ भनेका छन्।
स्थानीय मिडिया रिपोर्टका अनुसार, साँच्चै उनलाई ओफिर अवार्डको फन्डिङ रोक्ने अधिकार छ कि छैन भन्ने स्पष्ट छैन।
१३ वर्षका मोहम्मद गजावीले बेस्ट अभिनेता अवार्ड जितेर इतिहास रचेका छन्। उनी अहिलेसम्मका सबैभन्दा कम उमेरमा विजेता बनेका हुन्।
फिल्ममा उनले ‘खालिद’ को भूमिका निर्वाह गरेका छन्, जसलाई तेल अविभको स्कुल ट्रिपका क्रममा इजरायली सेनाको चेकपोइन्टमा रोकिन्छ।
तर भ्रमणको क्रममा उनी र उनका साथीहरू एक सैनिक चेकपोइन्टमा पुग्दा यात्रा अनुमति पत्र अमान्य ठहर गर्दै उनलाई फर्कन भनिन्छ, जबकि उनका साथीहरू समुद्रतिर अघि बढ्छन्।
यो रोकावटले खालेद निकै निरास हुन्छन् । तर पनि उनी हार मान्दैनन् । उनले एक्लै समुद्रसम्म पुग्ने निधो गर्छन् । तर न उनी हिब्रू भाषा बोल्न सक्छन् न बाटो नै थाहा हुन्छ ।
चलचित्रमा बालबालिकाको समुद्र हेर्ने चाहना र त्यसका रोक्ने राजनीतिक भौगोलिक अवरोधहरूलाई देखाइएको छ ।
त्यस्तै भाषिक र अन्य अवरोधहरूले मानव जीवनमा सिर्जना गर्ने विभाजन र असमानता बारे पनि चलचित्रले सशक्त रूपमा बोलेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4