News Summary
Generated by OK AI. Editorially reviewed.- फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औं स्थानमा यथास्थान कायम रहेको छ।
- भारत १३४औं स्थानमा झरेको छ भने पाकिस्तान १९९औं स्थानमा उक्लिएको छ।
- विश्व च्याम्पियन अर्जेन्टिना २ स्थान तल झरेर तेस्रो स्थानमा पुगेको छ र स्पेन शीर्ष स्थानमा उक्लिएको छ।
२ असोज, काठमाडौं । फिफा वरियतामा नेपाली पुरुष फुटबल यथास्थानमै कायम रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १७६औं स्थानमा कायमै छ ।
नेपालले गत २१ भदौमा बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलमा गोलरहित बराबरी खेलेको थियो । अर्को खेल पनि हुने तय थियो तर नेपालमा उत्पन्न विषम् परिस्थितिले खेल रद्द भएको थियो ।
दक्षिण एसियाको शीर्षमा रहेको भारतको वरियता भने खस्किएको छ । भारत १ स्थान तल झर्दै १३४औं स्थानमा पुगेको छ भने भुटान, माल्दिभ्स र बंगलादेश यथास्थानमा रहँदा पाकिस्तान २ स्थान उक्लिएर १९९औं स्थानमा पुगेको छ । श्रीलंका एक स्थान तल झरेर १९७औं स्थानमा छ ।
नेपालभन्दा पछि रहेको बंगलादेश १ स्थान तल झर्दै १८४औं स्थानमा पुगेको छ भने भुटान ४ स्थान तल झरेर १८६औं स्थानमा पुगेको छ ।।
विश्व च्याम्पियन अर्जेन्टिना भने साढे २ वर्षपछि फिफा वरियताको शीर्ष स्थानबाट तल झरेको छ । अर्जेन्टिना २ स्थान तल झरेर तेस्रोमा पुग्दा स्पेन शीर्षमा र फ्रान्स दोस्रोमा उक्लिएको छ ।
इंग्ल्याण्ड चौथो स्थानमा यथावत् रहँदा पोर्चुगल एक स्थान सुधार गर्दै पाँचौंमा उक्लिएको छ र ब्राजिल छैटौं स्थानमा झरेको छ ।
नेदरल्याण्ड्स सातौं स्थानमा र बेल्जियम आठौं स्थानमा यथावत् छन् । क्रोएसिया नवौं र इटाली १०औं स्थानमा उक्लिएका छन् ।
एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा अघि रहेको जापान २ स्थान खस्किएर १९औं स्थानमा छ । इरान पनि १ स्थान खस्किएर २१औं स्थानमा छ ।
प्रतिक्रिया 4