News Summary
Generated by OK AI. Editorially reviewed.- एसिया कप क्रिकेट २०२५ अन्तर्गत श्रीलंकाका क्रिकेटर दुनीथ वेलालगेका पिता सुरङ्गा वेलालगेको खेलकै क्रममा निधन भएको छ।
- वेलालगेको निधन छातीमा समस्या देखिएपछि अस्पताल पुर्याएपछि भएको हो र दुनीथले खेल सकिएपछि मात्र यो खबर पाए।
- श्रीलंकाले अफगानिस्तानविरुद्धको खेल ६ विकेटले जितेर सुपर फोरमा स्थान बनाएको छ र दुनीथको आगामी खेल सहभागितामा अनिश्चितता छ।
३ असोज, काठमाडौं । एसिया कप क्रिकेट २०२५ अन्तर्गत बिहीबार अफगानिस्तानविरुद्धको खेल खेलिरहेको बेलामा श्रीलंकाका क्रिकेटर दुनीथ वेलालगेका पिता सुरङ्गा वेलालगेको निधन भएको छ।
श्रीलंकास्थित घरमा वेलालगेको खेल हेरिरहेकै बेला उनलाई छातीमा समस्या देखिएको र अस्पताल पुर्याइएको भएपनि उनको निधन भएको हो ।
खेलका क्रममा वेलालगेलाई अफगानिस्तानका मोहम्मद नाबीले लगातार पाँच छक्का प्रहार गरेका थिए । सोही समयमा खेल हेरिरहेका पिता वेलालगेलाई हृदयघात भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै श्रीलंकन समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
२२ वर्षीय दुनीथले खेल सकिएपछि मात्र पिता हृदयाघातका कारण निधन भएको जानकारी पाए। श्रीलंकाले उक्त खेल ६ विकेटले जित्दै सुपर फोरमा स्थान बनाएको थियो। खेलपछि प्रशिक्षक सनथ जयसूर्याले दुनीथलाई यो दुःखद समाचार सुनाएका थिए।
यो घटनापछि वेलालगे श्रीलंका फर्किएका छन् । उनी आगामी खेलहरूमा सहभागी हुने/नहुने बारे अनिश्चितता बनेको छ।
श्रीलंकाले अब सुपर फोरमा बंगलादेश, पाकिस्तान र भारतविरुद्ध खेल्न बाँकी छ।
प्रतिक्रिया 4