News Summary
Generated by OK AI. Editorially reviewed.- श्रीलंका र बंगलादेश एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गरेका छन्।
- श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हराउँदै समूह ए मा तीनवटै खेल जितेको छ।
- अफगानिस्तानले हङकङलाई मात्र पराजित गरेको छ भने बाँकी दुई खेलमा पराजित भयो।
३ असोज, काठमाडौं । श्रीलंका र बंगलादेश जारी एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गरेका छन् । गएराति भएको समूह ए को अन्तिम खेलमा श्रीलंकाले अफगानिस्तानलाई हराएपछि सुपर दुई टोली सुपर फोरमा पुगेका हुन् ।
श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हरायो । अफगानिस्तानले दिएको १७० रनको लक्ष्य श्रीलंकाले ८ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
कुसल मेन्डिसले अविजित ७४ रनको पारी खेले । कुसल परेराले २८ तथा कमिन्दु मेन्डिसले अविजित २६ रन बनाए ।
अफगानिस्तानका मुजीब उर रहमान, अजमतुल्लाह ओमरजाइ, मोहम्मद नाबी र नूर अहमदले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो ।
नाबीले २२ बलमा ६० रनको विस्फोटक फिनिसिङ पारी खेले । इब्राहिम जाद्रान र कप्तान राशिद खानले समान २४ रन बनाए ।
अफगानिस्तान १८ ओभरमा १२०-७ को अवस्थामा हुँदादेखि नाबीले १९औं ओभरमा १५ रन बनाए भने २०औं ओभरमा ५ छक्कासहित ३२ रन जोडेका थिए ।
श्रीलंकाका नुवान थुसाराले ४ विकेट लिँदा दुश्मान्था चमीरा, दुनिथ वेलालगे र दशुन शनकाले १-१ विकेट लिए ।
श्रीलंकाले समूह ए मा तीनवटै खेल जितेर समूहविजेता बनेको छ । बंगलादेश श्रीलंकासँग पराजित भएको थियो ।
अफगानिस्तानले हङकङलाई मात्र पराजित गर्दा बाँकी २ खेलमा पराजित भयो । हङकङ जितविहीन रह्यो ।
प्रतिक्रिया 4