+
+
Shares

समीर भट्ट स्टारर ‘बलिदान’को एक्सनप्रधान ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फूलपातीको दिन असोज १३ गते प्रदर्शन हुने फिल्म 'बलिदान'को ३ मिनेट १९ सेकेन्डको ट्रेलर सार्वजनिक भएको छ।
  • ट्रेलरमा नायक समीर भट्टले आमामाथि अन्याय गर्नेविरुद्ध लिने बदलाको कथा र राजनीतिक, सामाजिक द्वन्द्व देखाइएको छ।
  • फिल्ममा अभिनेत्री ऋचा शर्माले आमाको भूमिका निभाएकी छिन् र निर्देशक तथा पोस्ट-प्रोडक्सन भारतीय प्राविधिकले गरेका छन्।

काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक भएको छ ।

३ मिनेट १९ सेकेन्डको ट्रेलर एक्सनप्रधान छ । नेपाल आमालाई गिद्देदृष्टि लगाउनेविरुद्ध नायकले लिने बदलाको कथा यसमा छ ।

नायकको भूमिकामा समीर भट्टले अभिनय गरेका छन् । देश र आमामाथि अन्याय, अत्याचार गर्ने पात्रविरुद्ध मुख्य पात्रले गरेको संघर्ष यसको केन्द्रीय द्वन्द्व हो ।

ट्रेलर हेर्दा ‘बलिदान’ राजनीतिक, सामाजिक र देशभक्ति भावनामा आधारित फिल्मजस्तो लाग्छ । अर्पण थापा भ्रष्ट नेताको भूमिकामा देखिएको छ ।

दक्षिण भारतीय शैलीको एक्सन कोरियोेग्राफी यसमा देख्न सकिन्छ । फिल्मको द्वन्द्व निर्देशन पनि भारतीय प्राविधिकले गरेका थिए । पोस्ट-प्रोडक्सन पनि भारतमै भएको थियो ।

ट्रेलरको सुरुवातमा आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ । अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत छिन् । उन

त्यसपछि अभिनेता भट्टको प्रवेश हुन्छ । उनी भन्छन्, ‘मेरो शरीरको एक एक थोपा रगत माग दिन्छु । जे भन्नु छ मलाई भन सुन्छु, तर मेरो आमाको बारेमा केही भनिस् भने काटिदिन्छु ।’

यसपछि एक्सनका दृश्यहरू देख्न सकिन्छ । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्ममा सौगात मल्ल, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीको पनि अभिनय छ ।

निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । फूलपातीको दिन असोज १३ गते फिल्म प्रदर्शन हुने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?