+

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

२०८२ असोज  ३ गते १२:१९ २०८२ असोज ३ गते १२:१९
डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अन्कोलोजिस्ट डा.अरुण शाहीले बंगलादेशमा आयोजित बेस्ट अफ एस्को एन्ड एमओएसबी कंग्रेस २०२५ मा \'एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस एन्ड आउटरिच\' अवार्ड प्राप्त गरेका छन्।

३ असोज, काठमाडौं‌ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अन्कोलोजिस्ट डा.अरुण शाहीले ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस एन्ड आउटरिच’ अवार्ड प्राप्त गरेका छन् ।

मेडिकल अन्कोलोजी सोसाइटी इन बंगलादेश(एमओएसबी)ले ढाकामा आयोजना गरेको बेस्ट अफ एस्को एन्ड एमओएसबी कंग्रेस २०२५ मा यो अवार्ड पाएका हुन् ।

डा.शाहीको नेतृत्व क्षमता र उपचारमा रहेको समर्पणका लागि यो अवार्ड दिइएको आयोजकले बताएका छन् । उनले देशभित्र मात्रै होइन, बाहिर समेत पुगेर उपचारमा समानता र सहज क्यान्सर उपचार सेवा विस्तारमा पुर्‍याएको योगदानको कदरस्वरूप दिइएको आयोजक संस्थाले जनाएको छ ।

ढाकास्थित नेशनल इन्सिच्युट अफ क्यान्सर रिसर्च एन्ड हस्पिटलबाट डा. शाहीले मेडिकल अन्कोलोजीमा स्नातकोत्तर गरेका हुन् । डा. शाहीले नेपालमा क्यान्सर उपचार सेवा रुपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक–प्राध्यापकका रूपमा समेत कार्यरत छन् ।

कार्यक्रममा मुख्य अथिति सार्क फेडरेशन अफ अन्कोलोजीका प्याट्रन प्राध्यापक एम ए हाई, एमओएसबी महासचिव एसोसिएट प्राडा एमडी. रफिकुल इस्लाम र अध्यक्ष प्रा.डा. परविन शाहिदा अख्तरले डा. शाहीलाई सम्मान गर्दै, नेपाल र बंगलादेशबीचको चिकित्सा क्षेत्रमा बढ्दो सहकार्यको उच्च प्रशंसा गरेक थिए ।

डा. अरुण शाही
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय