+
+
Shares

विगतका गल्तीहरूप्रति जनतासँग माफी माग्नुपर्छ : गणेश पहाडी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ४ गते १६:५२

४ असोज, सिन्धुली । नेकपा एमालेका केन्द्रीय सदस्य गणेशकुमार पहाडीले बिगतका कमजोरीप्रति माफी माग्दै जनताको घरदैलोमा जानुपर्ने बताएका छन् ।

सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रममा उनले पार्टी र नेताहरुले जनतासँगी माफी माग्नुको विकल्प नरहेको बताएका हुन् । संविधानमाथि भएको हमला रोक्नपनि जनताको साथ आवश्यक रहेको उनले बताए ।

‘संविधान च्यात्ने, जलाउने र नमान्ने शक्तिहरु सक्रिय भएका छन् । त्यसविरुद्ध हाम्रो एकताबद्ध प्रयासको खाँचो छ,’ पहाडीले भने ।

आगामी २१ फागुनमा प्रतिनिधि सभाको चुनाव घोषणा भइसकेकाले एमाले तयारीमा जुट्नुपर्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?