+
+
Shares

दाउन्ने सडकखण्डमा दशैं अवधिभर ठूला सवारी रोक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ४ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर १२ चक्के र सोभन्दा माथिका ठूला भारवाहन सवारी साधन सञ्चालन नहुने निर्णय भएको छ।
  • भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले यात्रुबाहक सवारीहरूको चाप बढ्ने भएकाले ठूला भारवाहनलाई रोक लगाउने निर्णय गरेको जनाएको छ।
  • खाद्यान्न लगायत अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधनलाई भने निरन्तर आवागमन गर्ने व्यवस्था गरिएको छ।

४ असोज, काठमाडौं । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ ।

शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडकखण्डमा दशैंको अवधिभर यात्रुबाहक सवारीहरूको चाप बढ्ने भएकाले ठूला भारवाहन सवारी साधनलाई रोक लगाउने निर्णय भएको हो ।

त्यसका लागि सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

ऊर्जा र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिकमन्त्री कुलमान घिसिङको सचिवालयले दिएको जानकारी अनुसार, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरू ढुवानी गर्ने सवारी साधनलाई भने निरन्तर आवागमन हुने व्यवस्था गर्ने निर्णय भएको छ ।

गत असारमा पनि यो सडकखण्डमा वर्षापछि भएको हिलोका कारण दुई दिनसम्म सवारी आवतजावतमा समस्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?