News Summary
Generated by OK AI. Editorially reviewed.- साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा आज बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
- नेपालले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४-० ले पराजित भएको थियो ।
- बंगलादेशले श्रीलंकालाई पराजित गरेमा वा बराबरी खेलेमा नेपाल र बंगलादेश सेमिफाइनल पुग्नेछन् ।
५ असोज, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा आज बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
आज नेपाली टोलीको खेल त छैन तर बंगलादेश र श्रीलंकाबीच हुने खेलमा नेपालको नजर भने रहनेछ । यही खेलको नतिजापछि नेपाल सेमिफाइनल पुग्ने वा नपुग्ने टुंगो लाग्नेछ ।
पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई २-० ले पराजित गरेको नेपाल दोस्रो खेल बंगलादेशसँग ४-० ले पराजित भएको थियो ।
हाल बंगलादेश ३ अंकसहित शीर्ष स्थानमा छ । दुवै खेल खेलिसकेको नेपालको पनि ३ अंक छ तर गोलअन्तरमा पछि रहँदै दोस्रोमा छ । अंकविहिन श्रीलंका तेस्रोमा छ ।
यदी बंगलादेशले श्रीलंकालाई पराजित गरेमा बंगलादेश र नेपाल यस समूह बाट सेमिफाइनल पुग्नेछ । बंगलादेश र श्रीलंकाले बराबरी खेलेमा पनि नेपाल र बंगलादेश नै सेमिफाइनल पुग्नेछ ।
यदी श्रीलंकाले बंगलादेशलाई पराजित गरेको खण्डमा भने तीनवटै टोलीको समान ३ अंक हुनेछ । यस्तोमा गोल अन्तर निर्णयक हुनेछ । हाल नेपाल र श्रीलंकाको गोल अन्तर माइनस २ छ ।
श्रीलंकाले बंगलादेश १-० ले मात्र हराएमा पनि नेपालको भन्दा राम्रो गोल अन्तर हुनेछ । त्यसैले श्रीलंका आज जसरी पनि जित निकाल्ने पक्षमा हुनेछ ।
समूह बी बा६ साविक विजेता भारत र पाकिस्तानले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
प्रतिक्रिया 4