+

महिला क्रिकेट टोलीमा सीताको पुनरागमनसँगै पाँच परिवर्तन

२०८२ असोज  ४ गते १५:४८ २०८२ असोज ४ गते १५:४८
महिला क्रिकेट टोलीमा सीताको पुनरागमनसँगै पाँच परिवर्तन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला क्रिकेट टोलीले आउँदो अक्टोबरमा मलेसियासँग हुने ५ खेलको टी-२० सिरिजका लागि नयाँ टोली घोषणा गरेको छ ।
  • टोलीमा पाँच परिवर्तन गरिएको छ जसमा अनुभवी सीता रानामगर पुनरागमन गरेकी छन् र यशोदा विष्ट तथा सावित्री धामी पहिलोपटक परेका छन् ।
  • नेपालले जनवरी २०२६ मा घरेलु मैदानमा हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछ जहाँ ४ टोली विश्वकपमा छनोट हुनेछन् ।

४ असोज, काठमाडौं । भेट्रान अलराउण्डर सीता राना मगरले नेपाली राष्ट्रिय महिला क्रिकेट टिममा पुनरागमन गरेकी छिन् । नेपाली राष्ट्रिय महिला टोलीले आउँदो अक्टोबरमा मलेसियासँग हुने ५ खेलको टी-२० सिरिजका लागि घोषित  टोलीमा अनुभवी खेलाडी सीताले पुनरागमन गरेकी हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार मलेसिया विरुद्ध १४ सदस्यीय टोली घोषणा गरेको हो । पछिल्लोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट खेलेको टोलीबाट ५ परिवर्तन गरिएको हो ।

सीता रानामगर

टोलीमा सीतासँगै रचना चौधरी र सोमु विष्टले पुनरागमन गर्दा यशोदा विष्ट र सावित्री धामी पहिलोपटक सिनियर टोलीमा परेका छन् ।

२५ वर्षीय यशोदाले घरेलु क्रिकेटमा बागमती प्रदेशबाट खेल्दै आएकी छन् । त्यस्तै १७ वर्षीय सावित्रीले नेपालको यू-१९ टोलीबाट विश्वकप खेलेकी छन् । घरेलु क्रिकेटमा उनले सुदूरपश्चिम प्रदेशबाट खेल्ने गरेकी छन् ।

अघिल्लोपटकको टोलीबाट सबनम राई, मनिषा उपाध्याय, ईश्वरी विष्ट, बिन्दु रावल र रोमा थापा यस शृंखलाका लागि टोलीमा परेनन् ।

मलेसियामा अक्टोबर २ देखि ८ सम्म हुने शृंखलाअघि नेपाली खेलाडीहरूले मलेसियन सुपर वुमन सिरिजमा पनि विभिन्न टोलीबाट खेल्ने छन् ।

नेपालले आगामी जनवरी २०२६ मा घरेलु मैदानमा नै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा खेल्दै छ जहाँ १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र ४ टोली २०२६ को महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।

नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय