
News Summary
Generated by OK AI. Editorially reviewed.- अस्कर अवार्डको नेपाल छनोट समितिले फिल्म ‘अञ्जिला’लाई सिफारिस गर्ने निर्णय स्थगित गरेको छ।
- समितिले ५ दिनको म्याद दिएर पुनः आवेदन माग गर्ने र छुटेका फिल्मलाई समेट्ने तयारी गरेको छ।
- ‘गुन्युचोलो’का निर्मातासहित केही फिल्ममेकरले अस्कर मुख्यालयमा उजुरी दिएका छन्।
काठमाडौं । तीव्र विवादपछि अस्कर अवार्डको नेपाल छनोट समितिले फिल्म ‘अञ्जिला’लाई सिफारिस गर्ने निर्णय स्थगित गरेको छ ।
अध्यक्ष विमल पौडेलले शनिबार बसेको समितिको बैठकपछि यसअघि गरिएको निर्णय स्थगित गरिएको बताए । ५ दिनको म्याद दिएर पुनः आवेदन माग गरिने उनको भनाई छ ।
‘धेरै सोचविचार र छलफलपछि अघिल्लो निर्णय स्थगित गरिएको छ । अब पुनः आवेदन मागेर छुटेका फिल्मलाई पनि समेट्ने तयारी छ’ अनलाइनखबरसँग पौडेलले भने, ‘सम्भवतः आजै आवेदन आह्वान हुन्छ ।’
यसअघि हेरिएका दुई फिल्म अञ्जिला र गुन्युचोलो बाहेकका फिल्मलाई आवेदन मागेर पुनः हेरिने उनको भनाई छ । यसअघि आवेदनको लागि पर्याप्त समय नदिइएको र समितिका सदस्यसँग अस्कर मापदण्डको स्वार्थ बाझिएको भन्दै विरोध भएको थियो ।
स्रोतका अनुसार ‘गुन्युचोलो’का निर्मातासहित केही फिल्ममेकरले अस्करको मुख्यालयमा समेत यो विवादलाई लिएर उजुरी दिएका छन् ।
प्रतिक्रिया 4