
News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल लुना लुइँटेलले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त स्वयम्भु प्रहरी चौकीको पुननिर्माणमा स्वयंसेवकसँग मिलेर काम गरेकी छिन्।
- उनले इन्स्टाग्राममा ‘एक पटकमा एउटा इँटा । दिनको २०–३० मिनेट समर्पित गरे पनि, यदि हामी सँगै आयौं भने, हामी नेपालको पुनर्निर्माणमा फरक पार्न सक्छौं’ लेखेकी छिन्।
- लुइँटेलले गतसाता मैतीदेवीमा जलेका सरकारी संरचना र स्वास्थ्य मन्त्रालयको सरसफाइमा पनि भाग लिएकी छिन्।
काठमाडौं । समाजसेवामा रुचि राख्ने मिस नेपाल लुना लुइँटेललाई यतिबेला भ्याइनभ्याइ छ । यी सुन्दरी यतिबेला जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त संरचनाको रङरोगन र पुननिर्माणको कार्यमा ब्यस्त छिन् ।
शनिबार उनले आगजानीबाट ध्वस्त स्वयम्भु प्रहरी चौकीको पुननिर्माणमा खटिएका स्वयंसेवकलाई सघाइन् । प्राप्त भिडियोमा उनले इट्टा र ब्लकहरू ओसार्ने काममा सघाएको देखिन्छ ।
नेपाल युथ क्लबले अहिले उक्त प्रहरी चौकीको रङरोगन र पुननिर्माणमा सघाइरहेको छ । क्लबका स्वयंसेवकसँग मिलेर लुनाले पनि सघाएको देख्न सकिन्छ ।
उनले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै लेखेकी छन्, ‘एक पटकमा एउटा इँटा । दिनको २०–३० मिनेट समर्पित गरे पनि, यदि हामी सँगै आयौं भने, हामी नेपालको पुनर्निर्माणमा फरक पार्न सक्छौं ।’
यसबाहेक, गतसाता नै लुनाले मैतीदेवीमा जलेका सरकारी संरचना र क्षतिग्रस्त स्वास्थ्य मन्त्रालयको सरसफाइमा भाग लिइन् । ‘मैले आफ्नो तर्फबाट के सहयोग गर्न सक्छु भनेर हेरिरहेको थिएँ । सो क्रममा सोसल मिडियाबाट काम भैरहेको देखेपछि सघाएकी हुँ’ लुनाले भनिन् ।
लुइँटेल जेनजी आन्दोलनको डेढसाताअघि मात्र मिस नेपाल २०२५ घोषित भएकी थिइन् ।
View this post on Instagram
प्रतिक्रिया 4