+
+
Shares

नेपाल-भारतका निर्माताको सहकार्यमा फिल्म ‘मोनालिसा’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजले 'मोनालिसा (ब्लडी लभ)' निर्माण गर्ने घोषणा गरेका छन्।
  • फिल्मको पटकथा लेखन तथा निर्देशन किङ योगीले गर्नेछन् र ठूलो बजेटमा विभिन्न देशका प्राविधिक टोली संलग्न हुनेछन्।
  • यो फिल्म सन् २०२६ मा विश्वव्यापी प्रदर्शन हुने अपेक्षा गरिएको छ र यसमा रोमान्स र एक्सनको मिश्रण रहने बताइएको छ।

काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म निर्माण हुने भएको छ ।

बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोनालिसा’ (ब्लडी लभ)’ निर्माण हुने भएको हो ।

दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा फिल्मको औपचारिक घोषणा गर्दै शीर्षक पोस्टर सार्वजनिक गरियो ।

पटकथा लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् । ठूलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेसनल स्टुडियोजले दिएको छ ।

अहिले कलाकार छनोटको कार्य चलिरहेको जनाइएको छ । कथा, शैली र भिजुअलमा नयाँपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो फिल्म सन् २०२६ मा विश्वव्यापी प्रदर्शन हुने अपेक्षा छ ।

फिल्ममा रोमान्स र एक्सनको मिश्रण रहने बताइएको छ । प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिती सिर्जना हुन्छ भन्ने विषयलाई फिल्मले प्रस्तुत गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?