+
+
Shares

चीनको तार्चिनमा एक भारतीय तीर्थयात्रीको मृत्यु

मृत्यु हुनेमा ६४ वर्षीया दक्षा रोहित कुमार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १२:४८

६ असोज, हुम्ला । चीनस्थित कैलाश मानसरोवर दर्शन गर्न पुगेका एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६४ वर्षीया दक्षा रोहित कुमार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

हुम्लाका डीएसपी शंकर पोखरेलका अनुसार अक्सिजन अभावले उनको चीनस्थित तार्चिनमा मृत्यु भएको हो ।

मृतकको शव सोमबार कैलाश एयरको हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?