
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता विजय बरालकी पत्नी प्रमिलाले बागबजारस्थित मोडल अस्पतालमा दोस्रो सन्तानलाई जन्म दिइन्।
- विजयले फेसबुकमा नयाँ सन्तानको खबर साझा गर्दै 'परिवारमा सदस्यको रुपमा लक्ष्मीको आगमन भएको' जानकारी दिए।
- विजयले दशैंपछि मुस्ताङमा 'कबड्डी ५' को छायांकन सुरु हुने बताए।
काठमाडौं । अभिनेता विजय बराललाई पुत्रीलाभ भएको छ । उनकी पत्नी तथा अभिनेत्री प्रमिलाले आज बिहान बागबजारस्थित मोडल अस्पतालमा सन्तानलाई जन्म दिइन् ।
उनीहरूको यो दोस्रो सन्तान हो । यसअघि छोरा छन् ।
नयाँ सन्तान लाभपछि विजयले अनलाइनखबरसँग भने, ‘म एकदमै खुसी छु । मालती मंगलको सुटिङबाट ब्रेक लिएर आएको हुँ ।’
उनले फेसबुकबाट फोटो सेयर गर्दै प्रशंसकलाई यसबारे जानकारी दिएका छन् ।
उनी लेख्छन्, ‘आज जीवनले फेरि एउटा कविता लेखिदियो प्रिय प्रमिला ।
न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकि र आमाको थाकेको अनुहारबीच जन्मिएको फेरि एउटा नयाँ संसार । परिवारमा सदस्यको रुपमा लक्ष्मीको आगमन भएको सुखद जानकारी गराउन चाहेँ । धन्यवाद ममी डा. अरुणा कार्की एण्ड टिम ।’
विजय अहिले रामकृष्ण ढकालले निर्माण गरिरहेको फिल्म ‘मालती मंगले’मा ब्यस्त छन् । दशैं लगत्तै मुस्ताङमा ‘कबड्डी ५’को छायांकन चल्नेछ ।
प्रतिक्रिया 4