७ असोज, काठमाडौं । स्थानीय बजारमा अम्बाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार अम्बाको भाउ बढेको देखाएको हो ।
आज मंगलबार कालीमाटी बजारमा अम्बा थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम १ सय र औसत ९२ रुपैयाँमा किनबेच भइरहेको छ ।
सोमबार भने अम्बा थोकमा प्रतिकिलो न्यूनतम ६० देखि अधिकतम ८० रुपैयाँमा किनबेच भएको थियो । औसत मूल्य भने ६६ रुपैयाँ कायम थियो ।
हिजो सोमबारको तुलनामा आज मंगलबार अम्बा प्रतिकिलो औसतमा २६ रुपैयाँ बढेको हो ।
भदौ दोस्रो साता अम्बा प्रतिकिलो न्यूनतम १ सय २० देखि अधिकतम १ सय ८० रुपैयाँ र औसत १ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै साउन तेस्रो साता भने अम्बा प्रतिकिलो न्यूनतम २ सय २० देखि अधिकतम २ सय ५० र औसत २ सय ३३ रुपैयाँ कायम थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4