+
+
Shares

जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था छ : पूर्वअध्यक्ष मल्ल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १४:१६
फाइल तस्वीर

७ असोज, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको बताउँदै अहिलेको अवस्थामा सरकारले व्यवसायीलाई डराउनु पर्दैन भन्ने खालको सुरक्षा प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिए ।

जेनजी आन्दोलनपछि ती युवाहरूलाई स्वदेशमै काम गर्ने वातावरण अघि बढाउनुपर्ने उनको भनाइ छ ।

उनले वार्षिक ३ लाख जनसंख्या घट्ने गरेको तथ्यांक प्रस्तुत गर्दै सरकारले अब गर्नै पर्ने कामका रूपमा स्टार्टअपलाई आगाडि बढाउनुपर्ने बताए ।

युवाहरू विदेश जाने गरेकाले नेपालमा जनसंख्या घटिरहेको बताउँदै त्यसका लागि राज्यले नेपालमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमा सरकारी कार्यालयमा एकदमै ढिलासुस्ती र झन्झटिलो प्रक्रियाका कारण साह्रै दुःख पाइरहेको बताउँदै उनले त्यसको अन्त्य गरेर चुस्त सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

पूर्वअध्यक्ष मल्लले अहिले आईटी र एआईको प्रचुर सम्भावना रहेको बताउँदै गाउँको दूरदराजमा आईटी कार्यक्रम चलाउन सकेमा प्रभावकारी हुने बताए ।

उनले पछिल्लो समय पर्यटन क्षेत्रमा निकै ह्रास आएको उल्लेख गर्दै सरकारले तत्कालै नेपाल सुरक्षित छ भनेर विश्वव्यापाी प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले नेपालमा अनौपचारिक कारोबार बढी हुने गरेको बताउँदै त्यसलाई रोक्न सकेको खण्डमा राजस्व समेत बढ्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?