
News Summary
Generated by OK AI. Editorially reviewed.- युनिलिभिर नेपालले १९१ सञ्चालक समिति बैठकमा सेयरधनीलाई प्रतिकित्ता १८४२ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ।
- कम्पनीले कात्तिक ११ गते बुक क्लोज मिति र कात्तिक २५ गते साधारणसभा बोलाएको छ।
- साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीको खातामा लाभांश जम्मा हुनेछ र कम्पनीको सेयर मूल्य ४७,७९० रुपैयाँ छ।
७ असोज, काठमाडौं । युनिलिभिर नेपालले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको १९१ सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिकित्ता १८४२ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले कात्तिक ११ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।
कात्तिक १० गतेसम्म सेयर होल्ड गरेका वा खरिद गरेकाले सो लाभांश पाउने छन् । कात्तिक २५ गतेका लागि साधारणसभा बोलाएको छ । साधारणसभाबाट लाभांश पारित भएसँगै सेयरधनीको खातामा जम्मा हुने छ ।
युनिलिभर नेपाल बजारको सबैभन्दा महँगो कम्पनी हो । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७,७९० रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4