+

एसिया कप : सुपर फोरमा पाकिस्तानको पहिलो जित, श्रीलंकाको दोस्रो हार

२०८२ असोज  ८ गते ७:२५ २०८२ असोज ८ गते ७:२५
एसिया कप : सुपर फोरमा पाकिस्तानको पहिलो जित, श्रीलंकाको दोस्रो हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा पाकिस्तानले श्रीलंकालाई ५ विकेटले हराएको छ।
  • पाकिस्तानले १३४ रनको लक्ष्य २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेको हो।
  • जितसँगै पाकिस्तानले सुपर फोरमा २ अंक जोडेको छ र शीर्ष २ मा रहे फाइनलमा प्रवेश गर्नेछ।

८ असोज, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा पाकिस्तानले पहिलो जित निकालेको छ । पाकिस्तानले श्रीलंकालाई ५ विकेटले हराएको हो ।

श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पाकिस्तानले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । पाकिस्तानको जितमा मोहम्मद नवाजले अविजित ३८ तथा हुसेन तलतले अविजित ३२ रन बनाए ।

पाकिस्तान ८०-५ को अवस्थामा पुग्दा यी दुईले छैटौं विकेटका लागि अविजित अर्धशतकीय साझेदारी गर्दै जित दिलाए।

श्रीलंकाका वानिन्दु हसरंगा र महीश थिक्सानाले २-२ विकेट लिँदा दुश्मान्था चमीराले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । कमिन्दु मेन्डिसले ५० रन बनाउनुबाहेक अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।

कप्तान चरिथ असलंकाले २० तथा चमिका करुणारत्नेले १७ रन बनाए । पाकिस्तानका शाहीन अफ्रिदीले ३ विकेट लिँदा हारिस राउफ र हुसेन तलतले २-२ तथा अबरार अहमदले १ विकेट लिए ।

जितसँगै पाकिस्तानले सुपर फोरमा २ अंक जोडेको छ । यसअघि पाकिस्तान भारतसँग पराजित भएको थियो । यता श्रीलंकाले भने बंगलादेशसँग हार बेहोरेको थियो ।

सुपर फोरमा भारतको १ खेलबाट २ अंक छ भने पाकिस्तानको २ खेलबाट २ अंक र बंगलादेशको १ खेलबाट २ अंक छ ।

सुपर फोरको शीर्ष २ मा रहने टोली फाइनलमा प्रवेश गर्ने छन् ।

एसिया कप क्रिकेट भारत र पाकिस्तान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय