+
+
Shares

सुनको भाउमा दिनदिनै रेकर्ड, तोलामा १३ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँ बढेर २ लाख २३ हजार रुपैयाँ पुगेको जनाएको छ।
  • सुनको भाउ विगत तीन दिनदेखि लगातार रेकर्ड बनाउँदै आएको छ र अघिल्लो दिन २ लाख २१ हजार ७ सय रुपैयाँ थियो।
  • चाँदीको मूल्य पनि २० रुपैयाँ बढेर प्रतितोला २७०० पुगेको छ जुन हालसम्मकै उच्च मूल्य हो।

८ असोज, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख २३ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । विगत तीन दिनदेखि लगातार मूल्यले रेकर्ड बनाइरहेको छ । अघिल्लो दिन २ लाख २१ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २६८० रुपैयाँ रहेको चाँदी आज २७०० पुगेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?