+
+
Shares

वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई तत्कालै कारबाही गर्न जेनजी कर्मचारीको माग

प्राधिकरणबाट निलम्बन र बर्खास्त भएका अधिकारीले निगमभित्र बसेर दोहन गरेको भन्दै उनलाई कारबाही गर्न भन्दै प्रधानमन्त्री सुशीला कार्की समक्ष निवेदन दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्काल निलम्बन, छानबिन र कारबाही गर्न निगमभित्रका जेनजी कर्मचारीले माग गरेका छन्।
  • अधिकारीमाथि दुईवटा वाइडबडी जहाजको इन्जिन मर्मतका लागि ८ अर्बको टेन्डर प्रक्रिया नगरी गोप्य सम्झौता गरेको आरोप लागेको छ।
  • कार्यकारी अध्यक्षको स्वार्थले एयरबस ३२० जहाज मर्मत हुन नसकी निगमलाई करिव १ अर्ब क्षति पुगेको र यात्रु विचल्ली भएको कर्मचारीले बताएका छन्।

८ असोज, काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्कालै निलम्बन, छानबिन र कारबाही गार्न निगमभित्रका जेनजी कर्मचारीले माग गरेका छन्।

प्राधिकरणबाट निलम्बन र बर्खास्त भएका अधिकारीले निगमभित्र बसेर दोहन गरेको भन्दै उनलाई कारबाही गर्न भन्दै प्रधानमन्त्री सुशीला कार्की समक्ष निवेदन दिएका छन् ।

यो निवेदनको बोधार्थ उनीहरुले जेनजी अगुवा सुदन गुरुङ तथा मुख्य सचिव एकनारायण अर्यालकहाँ पनि पठाएका छन् ।

आफ्नो कार्यकाल सकिँदै गर्दा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीले दुईवटा वाइडबडी जहाजको इन्जिन मर्मतका लागि ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता र वार्ता गरी रोल्स रोयस कम्पनीसँग सिंगापुरमा बैठक गरेको आरोप उनीमाथि लगाइएको छ ।

त्यस्तै, कम्पनीसँग एनटीएमार्फत प्रक्रियालाई अपारदर्शी बनाइनुका साथै कानूनी र पारदर्शी प्रक्रिया पालना नगरिएको पनि कर्मचारीहरुको भनाइ छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय टिकट बिक्रिमा अमुक ट्रभल एजेन्सीसँगको मिलेमतो गर्ने गरेको आरोप पनि उनीमाथि कर्मचारीले लगाएका छन् । निगमको प्रतिनिधिको रुपमा अन्तराष्ट्रिय स्टेशनहरुमा जनरल सेल्स एजेन्ट नियुक्ति भएको तर त्यसमा करोडौँ घोटाला हुने गरेको आरोप पनि कर्मचारीको छ । जीएसए आवश्यक नभएको ठाउँमा समेत जीएसए नियुक्तिको प्रकृया अगाडी बढाएको आरोप पनि जेनजी कर्मचारीको छ ।

कार्यकारी अध्यक्षको स्वार्थका कारण एयरबस ३२० जहाज निगमका कार्यकारी अध्यक्षको स्वार्थका कारण महिनौ सम्म मर्मत हुन नसकी इन्जिनमा समस्या आई ग्राउण्डेड भएको तर समयमै जहाज मर्मत गराउन निगम व्यवस्थापन असक्षम हुँदा निगमको टिकटहरु अग्रिम रुपमा खरिद गरेका यात्रुको विचल्ली भएको पनि कर्मचारीहरुको भनाइ छ ।

त्यस्ता यात्रुलाई अन्य वायुसेवा कम्पनीको जहाजमा टिकट काटी गन्तव्यमा पुर्‍याउँदा निगमलाई करिव १ अर्व क्षति भएको पनि उनीहरुको भनाइ छ ।

‘निगमका कुनै पनि जहाज विग्रिएको अवस्थामा मर्मत गर्नका लागि अन्तराष्ट्रिय रुपमा बोलपत्र गरी एमआरओ कम्पनी समेत छनौट भएको छ । उक्त एआरओ कम्पनीले सेवा तथत शर्तबमोजिम काम गर्न नसकी निगमलाई क्षति भएमा अर्थात् ७ दिनभित्र इन्जिन मर्मत गरी दिन नसकेको खण्डमा निगमले क्षतिपूर्ति दावी गर्न पाउने प्राबधान रहे तापनि ७ दिनभित्र ईन्जिन पनि दिन नसकेको साथै निगमले क्षतिपूर्ति समेत दावी गर्न सकेको छैन,’ प्रधानमन्त्रीलाई बुझाएको निवेदनमा उल्लेख छ ।

उक्त एयरबस ३२० जहाजमा प्रयोग गर्न ल्याईएको भाडाको इन्जिन समेत समयमा फिर्ता नगरिएको र निगमको पुरानो ईन्जिन समेत मर्मत नगरी भाडाको ईन्जिन प्रयोग गर्दा दैनिक १० लाख भन्दा बढी नोक्सानी भैरहेको पनि जेनजी कर्मचारीको भनाइ छ ।

गत बर्ष एयरबस ३३० जहाजको नियमित गर्नुपर्ने सेड्युल चेक गर्नसमेत समयमा नपठाईएको कारण महिनौ सम्म जहाज मर्मत गर्ने कार्य रोकिएको र जहाज समयमा नेपाल आई नपुग्दा निगमलाई करोडौं नोक्सान पुगेको पनि कर्मचारीले बताएका छन् ।

निगममा भएका पाईलटहरुको सही व्यवस्थापन नगरेको आरोप पनि अधिकारीमाथि लगाइएको छ । चाईनिज जहाज फेजआउट भएको अवस्थामा ती जहाजमा उडान गर्ने पाईलट र को पाईलट को अन्य जहाजमा व्यवस्थापन गर्न नसकेको पनि कर्मचारीले बताएका छन् ।

कार्यकाल सकिदै गर्दा आफुनिकट निकट व्यक्तिहरुको ठुलो संख्यालाई करारमा भर्ति गर्न आफुनिकट व्यक्तिलाई छनोट समीतिमा मा राखी ठुलो रकम असुल गरी खुलेआम भ्रष्टाचार गरेको आरोप पनि उनीमाथि लागेको छ ।

हेर्नुहोस् विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?