News Summary
Generated by OK AI. Editorially reviewed.- फरच्युना हेल्थकेयर पा.लि.ले जेनजी आन्दोलनका घाइतेको उपचारका लागि सिभिल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई निःशुल्क सिरिन्ज उपलब्ध गराएको छ।
काठमाडौं । फरच्युना हेल्थकेयर पा.लि.ले जेनजी आन्दोलनका घाइतेको उपचारका लागि निःशुल्क सिरिन्ज उपलब्ध गराएको छ । आन्दोलनका घाइतेको उपचार गरेका अस्पतालहरू निजामती कर्मचारी (सिभिल) अस्पताल, त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई संस्थाले सिरिन्ज उपलब्ध गराएको हो ।
ट्रमा सेन्टरमा मंगलबार र सिभिल अस्पतालमा बुधबार सिरिन्ज उपलब्ध गराइएको फरच्युना हेल्थकेयरका अध्यक्ष ईश्वर जिसीले जानकारी दिए ।
उनका अनुसार सिभिलमा ३ एमएल, ५ एमएल र १० एम एल का २२ हजार थान सिरिन्ज प्रदान गरिएको छ । यही प्रकारका सिरिन्ज सोही परिमाणमा ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पताललाई पनि दिइएको अध्यक्ष जिसीले जानकारी दिए।
त्रिवि शिक्षण अस्पतालमा पनि सिरिन्ज उपलब्ध गराइने उनको भनाइ छ ।
यस विषम परिस्थितमा घाइतेहरूको उपचारमा टेवा पुगोस भन्ने उद्देश्यले सामाजिक दायित्वलाई सिरिन्ज प्रदान गरिएको जिसीले बताए ।
‘हाम्रो यो सानो हातेमालोले थोरै भएपनि मलम लगाउने कोसिस गरेका छौँ’ उनले भने, ‘हामी सधै राष्ट्र र जनताका हरेका सुख दु:खमा साथ दिन प्रतिवद्ध छौँ ।’
प्रतिक्रिया 4