
८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी समूह लगायतका नयाँ शक्ति र अभियन्ताहरूसँग आवश्यक संवाद र सहकार्यका लागि कार्यदल गठन गरेको छ ।
मंगलबार र बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले यस्तो केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘जेनजी उमेर समूहका युवाहरु लगायत नयाँ शक्तिहरु, अभियन्ताहरुसँग आवश्यक संवाद एवं सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने,’ बैठकको निर्णय सार्वजनिक गदैै जारी विज्ञप्तिमा भनिएको छ ।
रास्वपाले उक्त आन्दोलनमा आफूहरूको पनि संलग्नता भएको र मुद्दा पनि मिलेको यसअघि नै बताइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4