
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'हर्ष'को नयाँ गीत 'सिट्ठी मार' एलिस कार्कीको संगीत र पवित्रा घिमिरेको शब्दमा सार्वजनिक भएको छ।
- गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने लगायतका कलाकारले अभिनय गरेका छन् र नृत्य निर्देशन सुनिल क्षेत्रीले गरेका छन्।
- फिल्मको सम्पूर्ण छायांकन चितवनमा गरिएको छ र पोस्ट-प्रोडक्सन प्रक्रिया जारी छ।
काठमाडौं । १२ मंसिरदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हर्ष’को नयाँ गीत ‘सिट्ठी मार’ सार्वजनिक भएको छ ।
एलिस कार्कीको संगीत, प्रताप दास र सदीक्षा कट्टेलको स्वर रहेको गीतलाई पवित्रा घिमिरेले लेखेकी हुन् ।
गीतको नृत्य निर्देशन सुनिल क्षेत्रीले गरेका छन् । यो फिल्मलाई एकता पौडेलले निर्देशन गरेकी हुन् ।
आलोक शुक्लाले खिचेको गीतमा शीर्ष कलाकार फिचर्ड छन् । पारिवारिक जमघटको माहोलमा तयार पारिएको यो गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधरले अभिनय गरेका छन् ।
सार्वजनिक गीत नेपाली दर्शक श्रोताका लागि विभिन्न रमाइलो जमघटका लागि नृत्यप्रधान हुने पक्का छ । यो फिल्मलाई प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गरेका हुन् ।
कार्यकारी निर्मातामा हिक्मत चोखाल छन् । अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथालाई निर्देशक पौडेलले लेखेकी हुन् ।
अहिले सम्पूर्ण छायांकन चितवनमा गरिएको फिल्मको पोस्ट-प्रोडक्सन भैरहेको छ ।
गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ ।
प्रतिक्रिया 4