+
+
Shares

जलेर काम नलाग्ने संरचना र सवारीसाधन पत्रुमा लिलाम बिक्री गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते १३:००

१३ असोज, काठमाडौं । सरकारले सबै मन्त्रालयका जलेर काम नलाग्ने भएका भौतिक संरचना, सवारी साधन, अन्य साधन र मेसिनरी औजार पत्रु सामानका रुपमा लिलाम बिक्री गर्ने भएको छ ।

५ असोजको मन्त्रिपरिषद् बैठकले ती सामान न्यूनतम लिलाम बिक्री मूल्य कायम गरी बिक्री गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार यस्ता मालवस्तु मिनाहा गरी अभिलेखबाट हटाउने र लिलाम बिक्रि गर्न अर्थ मन्त्रालयले सूचित गरेको छ ।

सिंहदरबार यस्ता वस्तुको लिलाम बिक्रिको व्यवस्था शहरी विकास मन्त्रालय र देशभरी स्थानीय प्रशासनबाट सो काम गर्ने निर्णय शहरी विकास मन्त्रालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?