
News Summary
Generated by OK AI. Editorially reviewed.- दुबईस्थित काव्य ब्यान्डले जेन जेड आन्दोलन र युवाको बलिदानी भाव समेटेर 'म त केवल नेपाल' शीर्षक गीत सार्वजनिक गरेको छ।
- गीतले शहीदहरूप्रति श्रद्धाञ्जलि र नयाँ न्यायपूर्ण नेपाल बनाउने आकांक्षा व्यक्त गरेको छ।
- ब्यान्डले भनेका छन्, 'हाम्रो पहिचान भनेको नेपाल नै हो' र गीत युट्युबमा उपलब्ध छ।
जेन जी विद्रोह र त्यसले ल्याएको उथलपुथलले धेरै क्षेत्रलाई प्रभावित गरेको छ। त्यसबाट कसरी अलग हुन हुनसक्छ र कला-साहित्य पनि । जेन जेडको त्याग, विद्रोह र बलिदानमाथि गीत-कविता लेखिँदै छन् । पछिल्लो समय यस्तै एउटा गीत सार्वजनिक भएको छ। गीतको शीर्षक छ, ‘म त केवल नेपाल’ ।
यो गीत दुबईमा रहेका नेपालीहरूको सांगीतिक समूह काव्य ब्यान्डले तयार गरेको हो । हालै नेपालमा जेन जेड आन्दोलनले जगाएको राष्ट्रिय चेतना र युवाको बलिदानी भावनालाई समेटेर ब्यान्डले उक्त गीत प्रस्तुत गरेको बताइन्छ ।
गीतले शहीदहरूप्रति श्रद्धाञ्जलि मात्र होइन, एक नयाँ न्यायपूर्ण र स्वाभिमानी नेपालको आकांक्षा बोकेको भावपूर्ण सन्देश दिन्छ। यसका शब्दहरूले नेपाली हुनुको गौरव, देशप्रेम र परिवर्तनको भावलाई बलियो रूपमा बोकेका छन् ।
‘यो गीत हामी सबैका लागि एउटा संकल्प हो । चाहे जहाँ बसौं, हाम्रो पहिचान भनेको नेपाल नै हो। हामी माटोभन्दा टाढा हुन सक्छौं, तर भावना सधैं यही देशमा बस्छ’ – ब्यान्डले उल्लेख गरेको छ । ‘नेपो बेबी’ ट्रेन्डको रुपमा सुरु भएको जेन जी आन्दोलनले अन्ततः नेपालमा सत्तापलट नै गरिदियो । त्यो पनि दुई दिनमै । भ्रष्ट शासक र व्यवस्था बिरुद्ध उर्लिएको यो लहर आफैमा परिवर्तनको नयाँ आयम बनेको छ ।
यो गीत युट्युब तथा अन्य डिजिटल प्लेटफर्महरूमा सार्वजनिक भइसकेको छ ।
प्रतिक्रिया 4