+
+
Shares

परिवार पाल्न र छोरी पढाउन साथीले सहयोग गर्छन्, मलाई ढुक्क छ : मन्त्री पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते १५:५२

१६ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यक्तिगत जीवनको आर्थिक पाटोबारे प्रष्टिकरण दिएका छन् ।

पुनको आर्थिक पाटोबारे सामाजिक सञ्जालमा कतिपयले प्रश्न गर्न थालेपछि मन्त्री पुनले आवश्यक पर्दा साथी सहयोगीहरूले पहिलेदेखि नै सबै खर्च व्यहोरिदिने गरेको बताएका हुन् ।

पुनले बिहीबार फेसबुकमा लेखेका छन्, ‘अहिलेसम्म मलाई र श्रीमती पाल्ने, छोरीहरूलाई पाल्ने, पढाई दिने काम आवश्यक पर्नासाथ मेरा साथी सहयोगीहरूले गर्छन् । मन्त्री भए पनि सबै खर्च पहिले देखि नै केही शुभचिन्तक साथीहरूले पुर्‍याई दिन्छन् । मलाई ढुक्क छ ।’

सोही कारण आफूले तलब भत्ता नलिएको उनको भनाइ छ ।

‘३२ वर्षअघि नै आफू अमेरिकाबाट फर्किएको प्रसंग उल्लेख गर्दै मन्त्री पुनले तथापि पनि ग्रामिण क्षेत्रमा ताररहित इन्टरनेट विस्तार गर्न सफल भएको बताएका छन् ।

पछिल्लो ७ वर्षदेखि आविष्कार केन्द्र सञ्चालनमा ल्याएर नवप्रवर्तनमा लाग्ने युवाहरूलाई अवसर दिएको, कोरोना महामारीका बेला नि:शुल्क औषधि वितरण गरेको बताउँदै मन्त्री पुनले आफूलाई जनताले विश्वास गर्नुको कारण बुझ्न आग्रह गरेका छन् ।

३० वर्षदेखि बन्द भएको वीरगञ्ज कृषि औजार कारखाना पुन: सञ्चालन गर्न अहिलेसम्म करोडौं करोड रुपैयाँ आम जनताले किन दान गरे भनेर बुझम् त,’ मन्त्री पुनको आग्रह छ ।

यात्रा गर्दा हवाई जहाजको टिकट, बस वा ट्याक्सी भाडा समेत आफैंले तिर्दै आएको बताउँदै मन्त्री पुनले अधिक जान्न आफ्नो आत्मकथा पुस्तक पढ्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?