
News Summary
Generated by OK AI. Editorially reviewed.- नवलपरासी कारागारले भागेका कैदीबन्दीलाई आश्रय नदिन अनुरोध गरेको छ।
- भदौ २५ गते ५४६ कैदीबन्दी भागेका थिए, जसमा २५१ जना हाजिर भइसकेका छन्।
- असोज २० गतेसम्म हाजिर नहुने कैदीबन्दीलाई कारागार ऐन अनुसार कारबाही गरिने कारागार प्रशासनले जनाएको छ।
१७ असोज, नवलपरासी । भागेका कैदीबैन्दीलाई आश्रय नदिन कारागार कार्यायल नवलपरासीले अनुरोध गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए । उनीहरुमध्ये केही कैदीबन्दी कारागारामा फिर्ता (हाजिर) भइसकेका छन् ।
भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन छिपाउन तथा आश्रय नदिन कारागार प्रशासनले आग्रह गरेको छ ।
कसैले आश्रय दिएको वा लुकाए थाह पाएपछि उनीहरुलाईसमेत कसुरदार ठानी कारबाहीको प्रक्रिया अगाडि बढाइने कारागार कार्यालयका जेलर विकल श्रेष्ठले बताए ।
हाजिर नभएका कैदीबन्दीको हकमा कारागार कार्यायलले यही असोज २० गतेसम्म हाजिर हुनलाई अनुरोध गरेको श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘असोज २० गतेसम्म हाजिर नहुने कैदीबन्दीलाई कारागार ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।’
नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये पुरुष २१९ र महिला ३२ जना गरी सम्म २५१ जना हाजिर भइसकेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4