
१९ असोज, काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै आएको चट्याङको कारण काभ्रेको पनौती नगरपालिका–३ तेलमालेस्थित राजु सापकोटाको घरमा आगलागी भएको छ ।
आगलागीबाट घरमा भएको सुन, चाँदी, लत्ता कपडा, अन्नपात सबै नष्ट भएको सापकोटाले बताएका छन् ।
२०७२ सालको भूकम्पमा पनि सापकोटाको घर क्षतिग्रस्त भएको थियो । सोही स्थानमा घर पुनर्निर्माण गरी उनी परिवारका सदस्यसँग बस्दै आएका थिए ।
पोहोर सालको बाढी–पहिरोमा पनि घर पछाडि र अगाडि दुवैतर्फबाट पहिरो गएको थियो । ६ महिनासम्म डेरामा बसी पहिरो हटाएर जेनतेन सोही घरमा निर्वाह गर्दै आएका राजुको घर हिजोबाट चट्याङले पूर्णरुपमा ध्वस्त पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4