+
+
Shares

अरनिको राजमार्गको धुलिखेल-पाँचखाल खण्ड एकतर्फी खुल्यो

 काभ्रेको ५४ किलो र सिन्धुपालचोकको बन्देउ र सुकुटेमा खसेको पहिरो हटाइयो

कपिल कोइराला कपिल कोइराला
२०८२ असोज १९ गते ११:१८

१९ असोज, काभ्रेपलाञ्चोक ।अविरल वर्षाको कारण अवरुद्ध भएको अरनिको राजमार्गको धुलिखेल- पाँचखाल खण्ड एकतर्फी खुलेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहका अनुसार अरनिको राजमार्गको धुलिखेल-पाँचखाल खण्डमा खसेको लेदो सहितको पहिरो तथा विभिन्न स्थानमा ढलेका रूखहरू हटाएर एकतर्फी राजमार्ग खुलेको हो ।

पाँचखालदेखि दोलालघाटसम्मको सडक भने खुलाउने प्रयास जारी छ। राजमार्गको ५२ किलो र ५४ किलोमा खसेको पहिरो पन्छाएपछि दोलाघाटसम्मको सडक सञ्चालनमा आउनेछ।

त्यस्तै सिन्धुपाल्चोक क्षेत्रमा रहेको अरनिको राजमार्गको बन्देउ, सुकुटे लगायतका क्षेत्रमा झरेको ढुंगासहितको पहिरो सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकको टोलीले पन्छाएको छ। सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकका प्रमुख अच्युत मजगैयाका अनुसार अहिले बन्देउ देखि चौतारासम्मको सडकमा खसेको लेदोसहितको पहिरो हटाउने काम भइरहेको जानकारी दिए।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?