+
+
Shares

सभामुखले गरे सरकारको प्रशंसा, विपद्‌मा खेलेको भूमिकामा दिए धन्यवाद

आइतबार सन्देश जारी गर्दै उनले असोज १६ गतेदेखि देशका विभिन्न स्थानहरूमा आएको बाढी/पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकोमा आफू अत्यन्त दुःखी र मर्माहत भएको बताएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख देवराज घिमिरेले असोज १६ गतेदेखि आएको बाढी/पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकोमा दुःखी भएर सरकारको उद्धार र पुनर्स्थापनाको भूमिकाको प्रशंसा गर्नुभएको छ।
  • उहाँले सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरेकोमा सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ।
  • सभामुखले राहत तथा उद्धारमा संलग्न निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न देशबासीमा अपिल गर्नुभएको छ।

१९ असोज, काठमाडौं। सभामुख देवराज घिमिरेले विपद्मा खेलेको भूमिकालाई लिएर सरकारलाई धन्यवाद दिएका छन् ।

आइतबार सन्देश जारी गर्दै उनले असोज १६ गतेदेखि देशका विभिन्न स्थानहरूमा आएको बाढी/पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकोमा आफू अत्यन्त दुःखी र मर्माहत भएको बताएका हुन्। विपदबाट प्रभावित नागरिकहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्न गर्दै उनले सरकारको भूमिकाको प्रशंसा गरेका हुन् ।

सभामुखले लेखेका छन्, ‘सरकारका तर्फबाट उद्धार र पुनर्स्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दै पीडितको राहतका लागि ध्यानाकर्षण गराउँदछु।’

चुनौतीपूर्ण घडीमा सबै एकजुट भएर अघि बढ्ने हो भनेमात्र विपद्लाई पार गर्न सकिने उल्लेख गर्दै उनले थपेका छन्, ‘राहत तथा उद्धारमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै देशबासीमा अपिल गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?