+
+
Shares

जेनजीका गतिविधि बढेपछि काठमाडौंमा बढाइयो प्रहरीको तैनाथी

प्रहरीको एक टोली माइतीघर–भद्रकाली खण्डमा पर्ने जिल्ला प्रहरी परिसर अगाडि ब्यारिकेड नै राखेर बसेको छ । अरु दिनमा त्यो बाटो पूरै खुल्ला हुने गर्दथ्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १३:०४

२१ असोज, काठमाडौं । जेनजी युवाहरुका गतिविधि पुन: बढ्न थालेपछि काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्नेहरुलाई पक्राउ गर्न र संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति खारेज गर्न माग गर्दै जेनजी युवाहरु सडकमा आउन थालेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो ।

काठमाडौंका मुख्य चोक र सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरुमा प्रहरीको तैनाथी बढाइएको छ । प्रहरीको एक टोली माइतीघर–भद्रकाली खण्डमा पर्ने जिल्ला प्रहरी परिसर अगाडि ब्यारिकेड नै राखेर बसेको छ । अरु दिनमा त्यो बाटो पूरै खुल्ला हुने गर्दथ्यो ।

जेनजी पुस्ताका युवाहरुले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन् । उनीहरुले माइतीघर मण्डलामा ओली र लेखकसहित आरजु राणा देउवा, माधव कुमार नेपाल, महेश बस्नेत लगायतका फोटो राखेर उनीहरुमाथि कारबाहीको माग गरेका छन् ।

उनीहरुको दबाबपछि प्रधानमन्त्री सुशीला कार्कीले गएराति अबेरसम्म गृहमन्त्री र गृहसचिवसहित चारवटै सुरक्षा अंगका प्रमुखहरुसँग छलफल समेत गरेकी थिइन् । प्रहरी अधिकारीहरुले केन्द्रीय सुरक्षा समितिको निर्णय र लिखित आदेशको माग गरेका थिए । त्यसपछि प्रधानमन्त्री कार्की आज थप परामर्श र छलफलमा छिन् ।

जेनजीको एक समूहले मंगलबार बिहान नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सबै आयुक्तहरुको राजीनामाको माग गर्दै औपचारिक रुपमा निवेदन समेत दर्ता गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?