+
+
Shares

जाँचबुझ आयोगले भन्यो : अपराध अनुसन्धान गर्न प्रतिवेदन कुर्नु पर्दैन

आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाइ नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन–जी प्रदर्शनमा भएको दमन र भोलीपल्टको आगजनीबारे गठन आयोगले फौजदारी कसुरमाथि अनुसन्धानका लागि आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ।
  • आयोगले ९ असोज, २०८२ को गृहमन्त्रालयको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको र तत्काल अनुसन्धान अघि नबढाउन निर्देशन दिएको विषयमा प्रतिक्रिया दिएको हो।
  • आयोगका सदस्य विज्ञानराज शर्माले फौजदारी कसूरमा संलग्न जोकोहीलाई सरकारले तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताए।

जेन–जी प्रदर्शनमा भएको दमन र भोलीपल्टको आगजनीवारे जाँचबुझ गर्न गठन भएको आयोगले फौजदारी कसुरमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गरेर ९ असोज, २०८२ को गृहमन्त्रालयको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। त्यो दिन गृहमन्त्रालयले जाँचबुझ आयोगले काम अघि बढाइसकेकाले भदौ २३ र २४ को घटनावारे तत्काल अनुसन्धान अघि नबढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो ।

तर जाँचबुझ आयोगले नियमित फौजदारी अनुसन्धान र कारवाहीका लागि आयोगको प्रतिवेदन नपर्खन सुझाव दिएको हो ।

आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाइ नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।’

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?