+
+
Shares

गीतकार जंग बहादुर राईको ‘म फसेछु कस्तो माया जालमा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गीतकार जंग बहादुर राईको नयाँ गीत ‘म फसेछु कस्तो माया जालमा’ सार्वजनिक भएको छ।

गीतकार जंग बहादुर राईको नयाँ गीत ‘म फसेछु कस्तो माया जालमा’ सार्वजनिक भएको छ । यस गीतमा प्रेममा परेका व्यक्तिको भावना र सम्बन्धमा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ । रचनात्मक शैली र आधुनिक संगीत संयोजनले गीतलाई थप मधुर बनाएको छ ।

यस गीतमा स्वर गायिका मेलिना राईले दिएकी छिन भने संगीत संयोजन वरिष्ठ संगीतकार शान्तिराम राईले गरेका हुन् । गीतकार जंग बहादुरको शब्द, शान्तिरामको संगीत, मेलिनाको मधुर स्वरले गीतलाई भावपूर्ण बनाएको छ ।

‘म फसेछु कस्तो माया जालमा’ ले विशेषगरी प्रेममा बाँधिने जोडीको मनोविज्ञानलाई कलात्मक तरिकाले चित्रण गरेको छ ।

जंग बहादुर राईको शब्द तथा संगीतमा लोक पप ‘ सुसेली हाल्यो वनैमा आज कोइलीले भाकेर’ बोलको गीत यस अघि सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?