
२१ असोज, काभ्रेपलाञ्चोक। खुर्कोट-मन्थली-खिम्ती-मिल्ती सडक खण्डमा चौबिसै घण्टा सवारी सञ्चालन हुने भएको छ । अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम देखिएपछि गत आइतबारबाट राति सवारी आवागमन रोकिएको थियो ।
वर्षा रोकिएर सडकको अवस्था सामान्य बनेकाले सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनलाई अवरुद्ध नभई चौबिसै घण्टा सञ्चालन गर्न अनुमति दिइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय, रामेछापले अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम देखिएपछि गरिएको आवागमन निषेध मंगलबारदेखि फुकुवा गरेको हो।
यसअघि गत आइतबार असोज १९ गतेदेखि असोज २४ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन आवागमनमा रोक लगाएको थियो।
यात्रा सहज भए पनि सडकका केही भागमा जोखिम कायमै रहेकोले ट्राफिक नियमको पूर्ण पालना गर्दै सतर्कताका साथ यात्रा गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
बीपी राजमार्गको विकल्पका रूपमा सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली, दोलखाको चरिकोट हुँदै अरनिको राजमार्गबाट उपत्यका प्रवेश गर्न सकिन्छ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4