+
+
Shares

नुवाकोटमा श्रीमानले गरे श्रीमतीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते ९:४०

२२ असोज, काठमाडौं । नुवाकोटमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमती सविनाको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मंगलबार साँझ जितमानले धारिलो हतियार प्रहार गरी सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिए ।

जितमानले घरायसी विवादमा आवेशमा आएर श्रीमतीको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?