+
+
Shares

सचिवालय बैठक बस्दै रास्वपा, ४ एजेन्डामा छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १०:३४
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक २२ असोज दिउँसो ३ बजे वनस्थलीमा बस्नेछ।
  • बैठकले बिस्तारित बैठकको एजेण्डा, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे छलफल गर्नेछ।
  • पार्टीले आगामी २१ फागुनको चुनाव तयारीका लागि वाचापत्र लेखन समिति गठन गरिसकेको छ र वाचा पत्र बनाउने काम जारी छ।

२२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकको प्रस्तावित कार्यसूचीमा चार वटा एजेण्डा समावेश छन् ।

झाका अनुसार, यो बैठकले बिस्तारित बैठकको एजेण्डा तथा व्यवस्था तय गर्नेछ । त्यस्तै, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे बैठकमा छलफल हुनेछ ।

बैठकमा सद्भाव यात्राको कार्यसूचीसँगै बाँकी विविध विषयमा छलफल गरिने झाले जानकारी दिए ।

यसअघि ७ असोजमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले बिस्तारित बैठकको विषयमा निर्णय गरेको थियो । साथै, त्यसबेला आगामी २१ फागुनको चुनावको तयारीका लागि वाचा पत्र बनाउने भनेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वाचापत्र लेखन समिति बनाएको छ ।

प्रवक्ता झाले भनेका छन्, ‘हामी चुनावको तयारीमा लागिसक्यौं । वाचा पत्र बनाउने काम भइराखेको छ ।’

आजको बैठकमा चुनावको तयारीका सम्बन्धमा समेत छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?