News Summary
Generated by OK AI. Editorially reviewed.- हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित रु १० दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरेको छ।
- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हुलाक सेवा विभागमा आयोजित कार्यक्रममा टिकटमा टाँचा लगाए।
- विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र महिला यू-१९ विश्वकपमा सहभागी खेलाडीहरुको तस्वीर अंकित टिकटमा टाँचा लगाइएको र प्रदर्शनी गरिएको हो।
२३ असोज, काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ।
नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य सचिव टंकलाल घिसिङले हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमा टाँचा लगाए ।
विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यू-१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरिएको हो।
खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनितिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ ।
विभागले रु १० दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो ।
नेपाली सिनियर पुरुष क्रिकेट टोली सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको नवौं सस्करणको विश्वकपमा सहभागी भएको थियो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो ।
यस्तै महिला क्रिकेटको उमेरसमुह अन्तर्गत यु-१९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो ।
प्रतिक्रिया 4