२३ असोज, काठमाडौं । शासकीय अव्यवस्था, भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी युवाहरूको नेतृत्वमा नेपालमा भएको विद्रोहको बिहीबार एक महिना पुगेको छ ।
नवजवान युवाहरूको यो विद्रोहले नेपालमा मौलाइरहेको नेतातन्त्रको सत्तापलट भएको छ । अहिले चुनाव गराउनका लागि अन्तरिम सरकार गठन भएको छ ।
वर्षौंदेखि शासन चलाइरहेका दल र तीनका नेताहरूलाई एकैपटक सत्ताबाट बढार्ने दुई दिनको आन्दोलन नेपालका राजनीतिक आन्दोलनहरूको इतिहासमै नौलो हो ।
आन्दोलनमा जोडिएका मध्ये हालसम्म ७६ जना निहत्था नागरिकको ज्यान गइसकेको छ । सयौं नागरिक घाइते भएका छन् ।
आन्दोलनका क्रममा राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका मात्र होइन, राष्ट्रपति कार्यालयका मुख्य भवनहरू पनि जले ।
प्रहरी चौकीहरू आगो लागे । प्रहरीका हतियार र बर्दी खोसिए । नेताहरूका घर छानी छानी तोडफोड र आगो लगाइए । नागरिकमाथि दमन गर्ने शासकको आदेशअनुसार सुरक्षाकर्मीहरूले गोलीका वर्षा गराए ।
सडकमा एम्बुलेन्स जले । आगो लागेका भवन जोगाउन दमकल गुड्न सकेनन् । केही घण्टा राज्यविहीनताको भयभित अवस्था सिर्जना भयो ।
इतिहासमा विरलै देखिने एक महिना अघिको यो घटना कसरी भएको थियो ? अनलाइनखबरका कमल प्रसाईंले आन्दोलनको मूल केन्द्र काठमाडौंका घटनाहरूलाई ड्रोन क्यामरामा कैद गरेका थिए ।
प्रतिक्रिया 4