+
+
Shares

यस वर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका लेखक लास्लोलाई

‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते ७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले साहित्यतर्फको नोबेल पुरस्कार पाउने भएका छन्।
  • स्विडिश एकेडेमीले प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूका कारण उनलाई पुरस्कार दिने निर्णय गरेको छ।
  • क्राज्नाहोर्काइका कृति पाँच भाषामा प्रकाशित छन् र उनी हङ्गेरीका दोस्रो नोबेल पुरस्कार विजेता साहित्यकार हुन्।

२४ असोज, काठमाडौं । साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् ।

‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ ।

क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका छन् ।

बीबीसीका अनुसार नोबेल पुरस्कार पाउने उनी हङ्गेरीका दोस्रो साहित्यकार हुन् । सन् २००२ मा इम्रे केर्टेस पनि सो पुरस्कारबाट सम्मानित भएका थिए ।

सन् १९०१ देखि अहिलेसम्म साहित्यतर्फ ११८ पटक पुरस्कार प्रदान गरिएको छ भने १२२ साहित्यकार पुरस्कृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?