+
+
Shares

टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको देखिएका व्यक्ति पुगे प्रहरी कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते २०:०८

२६ असोज, काठमाडौं । टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडिओ सार्वजनिक भएपछि सोही समूहका एक सदस्य प्रहरी कार्यालय पुगेका छन् ।

आफूलाई टीओबीको सदस्य बताउने तेन्जेन दावा प्रहरी कार्यालय पुगेका हुन् । उनी सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए । त्यसपछि उनीहरुलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको थियो ।

प्रहरीसँग उनले पेस्तोल बोकेको उक्त भिडिओ जेनजी आन्दोलनको बेला भन्दा पहिलाको रहेको बताएका छन् । सुटिङको क्रममा खिचिएको उक्त भिडिओमा देखिएको पेस्तोल नक्कली रहेको दाबी उनीहरुले गरेको प्रहरी स्रोतले बतायो ।

टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको भन्दै अहिले सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेका छन् । टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरको पछाडिको भागमा पेस्तोल घुसार्दै गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

यसबारे अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?