+
+
Shares

सभामुखको बैठकमा जसपा, जनमत र नाउपा पनि गएनन्

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते ११:३२

२९ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगै जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सहभागी भएका छैनन् ।

सभामुखले विघटित प्रतिनिधि सभामा रहेका दलहरूलाई छलफलमा बोलाएका थिए । तर, चार दलका नेताहरू गएनन् ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा ६ दलका नेताहरू मात्रै उपस्थित छन् ।

नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरे, नेकपा एमालेका नेता महेश बर्तौला, नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाही, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टी नेपालका नेपालका नेतृ रेखा यादव बैठकमा सहभागी छन् ।

संसद् पुनर्स्थापनाको माग लिएर सभामुख अदालत जानुपर्छ कि जानु पर्दैन भन्ने धारणा तय गर्न सभामुख घिमिरेले सर्वदलीय बैठक राखेका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?