News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशको ढाकामा अक्टोबर २२ देखि २८ सम्म हुने काभा पुरुष भलिबल कपमा नेपालसहित ६ टिमले भाग लिनेछन्।
- नेपालले उद्घाटन खेलमा तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
- प्रतियोगितामा सिंगल राउण्ड रोविनपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।
२९ असोज, काठमाडौं । बंगलादेशको ढाकामा यही अक्टोबर २२ देखि २८ सम्म हुने काभा पुरुष भलिबल कपमा ६ टिमले भाग लिने भएका छन् ।
सेन्ट्रल एसियाका नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र तुर्कमेनिस्तानले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । नेपालले उद्घाटन खेलमा तुर्कमिनेस्तानसँग खेल्नेछ ।
सहभागी ६ टिमबीच सिंगल राउण्ड रोविनका आधमरमा खेल हुनेछ । त्यसपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको लागि १४ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ भने कप्तान चयन हुन बाँकी छ ।
प्रतिक्रिया 4