+
+
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध ९ रिट संवैधानिक इजलासमा, १२ कात्तिकमा प्रारम्भिक सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै ९ वटा रिट दर्ता भएका छन्।
  • सर्वोच्च अदालत प्रशासनले ती रिटहरू कात्तिक १२ मा प्रारम्भिक पेशी तोकेको छ।
  • दर्ता गरिएका सबै रिटहरू संवैधानिक इजलासमा सुनुवाइका लागि तोकिएका छन्।

२९ असोज, काठमाडौं। प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता भएका रिटमाथि छठपछि सुनुवाइ सुरु हुने भएको छ।

सर्वोच्च अदालतमा दर्ता गरिएका रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

संविधानविपरीत प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा ९ वटा रिट निवेदन दर्ता भएका छन्। ती निवेदनहरू हिजो पेश भएका थिए।

आवश्यक अध्ययनपछि सबै रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ। सर्वोच्च प्रशासनका अनुसार दर्ता गरिएका सबै ९ रिटहरू संवैधानिक इजलासमा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?