News Summary
Generated by OK AI. Editorially reviewed.- आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले सामोआलाई विशाल लक्ष्य दिएको छ।
- नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा २११ रन बनाएको छ।
- नेपालले सामोआलाई हराएमा ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा उपाधि जित्नेछ।
३१ असोज, काठमाडौं । आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा सामोआलाई विशाल लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको हो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए । दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रन बनाए ।
लोकेश बमले ११ बलमा ३९ रन बनाएर फिनिसिङ गरे । रोहित पौडेल २१ रनमा अविजित रहे । कुशल भुर्तेलले १७ रन बनाए ।
सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले १-१ विकेट लिए ।
यस छनोट प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले सामोआलाई हराएमा ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा कुनै उपाधि जित्नेछ ।
प्रतिक्रिया 4