+
+
Shares

विपुलले ल्याए बुबाले संगीत भरेको नयाँ गीत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोक र रक संगीतका लागि परिचित गायक विपुल क्षेत्रीले आफ्नो नयाँ एल्बम 'प्रवाह'को दोस्रो गीत 'घर सल्केको कथा' कात्तिक १ गते सार्वजनिक गरेका छन्।
  • गीत स्वर्गीय पिता धीरेन्द्र मोहन क्षेत्रीले संगीतबद्ध गरेका थिए भने शब्द स्वर्गीय लक्ष्मण श्रीमालले लेखेका हुन्, विपुल र प्रणय गुरुङले रिअरेन्ज गरेका छन्।
  • गीतमा आरामदायक सोल/ज्याजको शैली दिइएको छ जुन नेपाली संगीतमा कमै सुन्न पाइन्छ र एल्बम यसै वर्ष रिलिज गर्ने योजना छ।

लोक, रक संगीतका लागि परिचित गायक तथा संगीतकार विपुल क्षेत्रीले आफ्नो नयाँ एल्बम ‘प्रवाह’को दोस्रो गीत सार्वजनिक गरेका छन् । विपुलले आफ्नो युट्युब च्यानलमार्फत कात्तिक १ गते ‘घर सल्केको कथा’ सार्वजनिक गरेका हुन् ।

उनका अनुसार यो गीत स्वर्गीय पिता धीरेन्द्र मोहन क्षेत्रीले संगीतबद्ध गरेका थिए भने शब्द कवि तथा नाटककार स्वर्गीय लक्ष्मण श्रीमालले लेखेका हुन् ।

त्यसमा विपुलसँगै प्रणय गुरुङले मिलेर रिअरेन्ज्ड गरेका हुन् । यस गीतमा आरामदायक सोल/ज्याजको ‘फिल’ दिइएको छ, जुन शैली आजकलको नेपाली संगीतमा कमै सुन्न पाइने विपुलले बताएका छन् ।

विपुललाई सुनिरहेकाहरूका लागि पनि यो नयाँ स्वाद हुने छ । त्यस्तै यसअघि विपुलले सोही एल्बमको ‘ए साथी’ ल्याएका थिए । यो एल्बम यसै वर्ष रिलिज गर्ने विपुुलको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?