+
+
Shares

नेवानि अध्यक्ष युवराज अधिकारीको कार्यकाल नदोहोरिने

करारमा आफन्त भर्ना, जहाज मर्मतमा देखाएको स्वार्थ, ट्राभल एजेन्सीसँगको मिलेमतो लगायतका आरोप खेप्दै आएका अधिकारीलाई पुन: अध्यक्ष बनाउने तयारी नरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ५ गते ७:१६

५ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) अध्यक्ष युवराज अधिकारीको कार्यकाल नदोहोरिने भएको छ । यही ११ कात्तिकदेखि उनको कार्यकाल सकिँदै छ ।

करारमा आफन्त भर्ना, जहाज मर्मतमा देखाएको स्वार्थ, ट्राभल एजेन्सीसँगको मिलेमतो लगायत आरोप खेप्दै आएका अधिकारीलाई पुन: अध्यक्ष बनाउने तयारी नरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएकी छिन् । स्रोतका अनुसार अधिकारीलाई पुन: नियुक्ति नदिने यकिन भइसकेको छ ।

‘उहाँ (युवराज अधिकारी) ले आफ्नो कार्यकाल अझै लम्बिने भनेर विभिन्न ठाउँमा लबिङ गर्दै हिँडेको पनि सुनेका छौं,’ उच्च स्रोत भन्छ, ‘अहिले निगममा तत्काल नियुक्त नगर्ने प्रधानमन्त्रीले बताउनुभएको छ ।’

उक्त स्रोतका अनुसार वरिष्ठतम् कर्मचारीलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने तयारी छ ।

अधिकारीले आफू बिदा हुने बेला पारेर करारमा भर्ना गरेका ४५ जना आफन्त र पार्टी कार्यकर्तालाई अवकाश भएपछि हाजिर हुने गरी नियुक्तिपत्र दिएका थिए ।

अवकाशमा जाने बेला संस्थालाई दीर्घकालीन आर्थिक भार पर्ने खालको कुनै पनि निर्णय गर्न नमिल्नेमा उनले तेस्रो, चौथो र पाँचौं तहका कर्मचारीलाई नियुक्तिपत्र बाँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?